बिहीबार, २७ कार्तिक, २०८३

भीमफेदी ईभी दुर्घटना अपडेट: सबै मृतक र घाइतेको पहिचान खुल्यो

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

भीमफेदी ईभी दुर्घटना अपडेट: सबै मृतक र घाइतेको पहिचान खुल्यो

२०८३ कार्तिक २६ मकवानपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई जेल सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री तथा तत्कालीन नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी कैद छुट पाएर बिहीबार बिहान डिल्लीबजार कारागारबाट थुनामुक्त भएका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको ठहरसहित कारागारमा बन्दी जीवन बिताइरहेका उनी उमेरहदको कानुनी सुविधा प्राप्त गर्दै रिहा भएका हुन् ।

काठमाडौं जिल्ला अदालतले रायमाझीलाई विभिन्न कसुरअन्तर्गत सजाय सुनाएको थियो । अदालतको फैसलाअनुसार उनलाई ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना, राज्यविरूद्धको कसुरमा एक वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तथा एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना ठहर गरिएको थियो ।

तर, ६५ वर्ष उमेर पूरा भएका रायमाझीले जेष्ठ नागरिकसम्बन्धी कानुनी प्रावधानअनुसार उमेरहदको सुविधा पाइ कैद सजायमा छुट प्राप्त गरेका छन् । कारागारबाट मुक्त भएलगत्तै उनलाई परिवार तथा शुभेच्छुकहरूले घरमा टीका तथा माला लगाएर भव्य रूपमा स्वागत गरेका छन् ।

रायमाझी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित सांसदसमेत थिए । पक्राउ पुर्जी जारी भएपछि केही समय फरार रहेका उनलाई प्रहरीले २०८० वैशाख ३१ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो र सोही मितिदेखि उनी निरन्तर थुनामा थिए ।

यस प्रकरणमा २०८३ असार ३० गते जिल्ला अदालत काठमाडौंले रायमाझीलाई ठगी, राज्यविरूद्धको कसुर तथा संगठित अपराधमा दोषी ठहर गर्दै चार वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

अदालतको फैसलाअनुसार रायमाझीलाई ठगी कसुरमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना तथा राज्यविरूद्धको कसुरमा एक वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तोकिएको थियो ।

यस्तै, एकीकृत कसुरतर्फ उनलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना ठहर भएको थियो । उमेर हदका कारण कैद सजायमा छुट पाए पनि अदालतले तोकेको सबै कसुरबापतको जरिबाना रकम भने उनले अनिवार्य रूपमा भुक्तान गर्नुपर्नेछ ।

advertisement_1760855394.gif