राष्ट्रिय सन्देश संबाददाता, १२ घण्टा पहिले
२०८३ कार्तिक ०७ चितवन । नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहमा हात्ती सफारी गर्न आउने पर्यटकको आकर्षण बढ्दो छ । यहाँको प्राकृतिक सौन्दर्य, घना जंगल र हरियालीको अवलोकन गर्दै पर्यटकहरू हात्ती सफारीमा रमाउने गरेका छन् ।
चितवनको सौराहस्थित मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा हात्ती सफारी गर्दै गरेका पर्यटकहरूले जंगलको मनोरम दृश्यसँगै प्रकृतिको नजिक पुगेर रमाउने अवसर पाउँछन् । वनजंगल, जैविक विविधता र प्राकृतिक वातावरणको अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक यहाँ आउने गर्दछन् ।
चितवनको प्राकृतिक सम्पदा र पर्यटकीय पहिचानका रूपमा परिचित सौराहले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । यहाँको जंगल, हरियाली र वन्यजन्तुको आकर्षणले पर्यटकलाई प्रकृतिसँग जोड्ने गरेको छ ।
यद्यपि, पर्यटन प्रवर्द्धनसँगै वन्यजन्तु संरक्षण, हात्तीको उचित हेरचाह र पर्यटकको सुरक्षालाई पनि प्राथमिकता दिन आवश्यक छ ।





