शनिबार, १२ बैशाख, २०८३

गैरीगाउँको सुकुम्बासी बस्तीमा डोजर

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

गैरीगाउँको सुकुम्बासी बस्तीमा डोजर

२०८३ बैशाख १२, काठमाडौं । सरकारले काठमाडौंको तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ ।

शनिबार दिउँसो काठमाडौं महानगरपालिकाले गैरीगाउँको सुकुम्बासी बस्तीका टहरा भत्काउन डोजर चलाएको हो ।

यसअघि थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर लगाएको थियो भने मनोहरास्थित सुकुम्बासी बस्ती पनि खाली गराइरहेको थियो ।

प्रहरीले सुकुम्बासीको सामान सार्नको लागि सहयोग गरिरहेको छ ।

यसअघि सम्बन्धित निकायले बस्ती खाली गर्न नमाने कानुनी कारबाही गरिने चेतावनी दिएको थियो। तर स्थानीयवासीले सुकुम्बासी समस्या समाधानका लागि आवश्यक प्रक्रिया पूरा नगरी जबर्जस्ती हटाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

advertisement_1676553908.gif