शुक्रबार, ३ जेष्ठ, २०८२

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १ जेष्ठ, २०८२

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

३१ बैशाख २०८२, बागलुङ । काठमाडौँ स्थित मखन टोलस्थित महादेव चोकमा बुधबार बिहान भीषण आगलागी भएको छ । आगलागीमा परी एकजना महिलाको मृत्यु भएको  काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए ।

आज बिहान काठमाडौं महानगरपालिका–२४ स्थित मखन गल्लीको सुरज आर्केडपछाडि  रहेको चार तले घरबाट आगलागी सुरु भएको बताइएको छ । 

आगो नियन्त्रणका लागि प्रहरी टोली, नेपाल आर्मी र सशस्त्र प्रहरी बलको टोली र ट्ठथानीय बासिन्दा खटिएका छन्। जुद्ध बारुणयन्त्र, काठमाडौं र ललितपुर महानगर लगायतको ६ वटा दमकलबाट आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

दमकल प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएका छन् ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif