राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ११ असार, २०८१
काठमाडौँ। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाको १५ औं अधिवेशनको तेस्रो बैठकमा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले यो बजेट प्रस्तुत गरेकी हुन् ।
चालु आर्थिक वर्षका लागि सुरुमा कुल बजेट २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ रहेको थियो । तर, जनवरीमा परिमार्जन गरी २४ अर्ब ८ करोड ५७ लाख रुपैयाँमा परिमार्जन गरिएको थियो ।
डंगोलका अनुसार नयाँ बजेटमा आर्थिक विकास कार्यक्रमका लागि १९ करोड ९९ लाख रुपैयाँ, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ३ अर्ब ४९ करोड ४५ लाख २९ हजार रुपैयाँ र पूर्वाधार विकासका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार रुपैयाँ विनियोजन गरिएको छ ।