शुक्रबार, १४ कार्तिक, २०८३

स्याफ्रुबेँसी-खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

राष्ट्रिय सन्‍देश संबाददाता, ८ घण्टा पहिले

स्याफ्रुबेँसी-खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

२०८३ कार्तिक १३ रसुवा । भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन् । स्थानीयवासीको आवतजावतलाई सहज बनाउन निर्माण गरिएको अस्थायी काठेपुल बिहीबारदेखि सञ्चालनमा आएको हो ।

गोसाइँकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष मिङमार छिरिङ तामाङका अनुसार बाढीले सडक अवरुद्ध पारेपछि वडा कार्यालय र स्थानीयवासीको संयुक्त अगुवाइ तथा व्यवस्थापनमा लगातार तीन दिन लगाएर सो पुल निर्माण गरिएको हो ।

काठे पुल सञ्चालनमा आएसँगै गोसाइँकुण्ड गाउँपालिका–३ को खाम्जिङ, वडा नं २ को टिमुरे र वडा नं ४ को लाड्टाङ आवतजावत गर्ने स्थानीयवासीलाई सहज भएको वडाध्यक्ष तामाङले जानकारी दिए । वडा कार्यालय र स्थानीय युवाको पहलमा पुल निर्माण गरिएको हो । पुलका लागि आवश्यक काठ स्थानीयस्तरमा नै संकलन गरिएको थियो ।

advertisement_1676553851.gif
अन्य समाचार