आईतवार, २५ आश्विन, २०८३

बुढीगण्डकी बाढी अपडेट: ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

बुढीगण्डकी बाढी अपडेट: ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

२०८३ असोज २५ काठमाडौँ । बूढीगण्डकी बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन् । बाढीले दुई वटा मोटरेबल  र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

उनका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगेका हुन् ।

बाढीले धार्चेगाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ । यसैगरी, माछिखोला र केरौंजाजोड्ने झोलुंगे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुंगे पुल पनि बगेका छन् ।

बाढीले चुमनुब्रीगाउँपालिका-३ पैयुँ र बगरका करिब ३५ घर पनि बगाएको छ। बाढीबाट जगत्, सल्लेरी, दोभान र घट्टेखोलागाउँमा पनि क्षति भएको  छ ।

advertisement_1676998982.gif