आईतवार, २५ आश्विन, २०८३

बूढीगण्डकी बाढी: चार जनाको अवस्था अज्ञात

राष्ट्रिय सन्‍देश संबाददाता, ५९ मिनेट पहिले

बूढीगण्डकी बाढी: चार जनाको अवस्था अज्ञात

२०८३ असोज २५ गोरखा । चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीबाट माछीखोलाबजारमा क्षति भएको छ । आरुघाटको सोती र मान्बु जोड्ने पुल पनि बगेको छ ।

उङगिलुङ खोला किनारका चार वटा गोठ, त्यहाँ बाँधिएका १५ वटा याक र नाक बगेका छन्भने पशुको हेरचाहमा बसेका चार जना सम्पर्कविहीन छन् ।

advertisement_1676551537.gif