मंगलवार, २० आश्विन, २०८३

बागलुङमा सडक खन्ने क्रममा ढिस्कोले पुरिएका मध्ये दुई मजदुरको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, १८ घण्टा पहिले

बागलुङमा सडक खन्ने क्रममा ढिस्कोले पुरिएका मध्ये दुई मजदुरको मृत्यु

२०८३ असोज १९ बागलुङ । निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

पहिरोमा परी सल्यानका २८ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरको गाईघाटका ३२ वर्षीय राजु थापाको मृत्यु भएको वडा अध्यक्ष रमेशविक्रम शाहीले जानकारी दिए । सोमबार बिहान करिब ७ः३० बजे काप्रा–बोहरागाउँ–छापाखानी–प्युठान सडकखण्ड निर्माणका क्रममा काम गरिरहेका मजदुरमाथि अचानक पहिरो खसेको थियो । पहिरोमा पुरिएर बुढाथोकी र थापाको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष शाहीले बताए ।

घटनामा रोल्पाका कृष्ण घर्तीमगर गम्भीर घाइते हुनुभएको छ। उहाँलाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लगिएको वडा अध्यक्ष शाहीले जानकारी दिए ।

सडक निर्माणका क्रममा काम गरिरहेका मजदुरमाथि पहिरो खसेपछि घटना भएको हो । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

advertisement_1676553908.gif