शुक्रबार, ३ जेष्ठ, २०८२

पोखराको लामेआहाल दुर्घटनामा तीन जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १ जेष्ठ, २०८२

पोखराको लामेआहाल दुर्घटनामा तीन जनाको मृत्यु

३१ बैशाख २०८२, पोखरा  । पोखरा महानगरपालिका – ३२ लामेआहालमा बुधबार दिउँसो भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । काठमाडौँबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रोबस दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको हो ।

पोखरा प्रहरीका अनुसार दुर्घटनामा चालक सहित ८ जना घाइते भएको भएका छन् । घाइते चार जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकामा तीन जनाको मृत्यु भएको पनि प्रहरीले जानकारी दिएको छ।

बाँकी घाइतेको पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif