मंगलवार, १ श्रावण, २०८१

advertisement_1712329002.jpg

स्याङ्जामा पहिरोमा पुरिएर तीनजनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २३ असार, २०८१

स्याङ्जामा पहिरोमा पुरिएर तीनजनाको मृत्यु

स्याङ्जा, असार २२ । स्याङ्जामाको बिरुवा गाउँपालिका ६ लामाखेतमा आज दिउँसो पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको छ । उनीहरूलाई पहिराको जोखिम नभएको ठानेर सुरक्षित भनेर  राखिएको ठाउँमा दिउसो अचानक पहिरो खसेर घर पुरिँदा उनीहरूको मृत्यु भएको हो । 

उक्त पहिरोमापरि पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । बिरुवा गाउँपालिका ६ का वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार उनीहरूको स्थानीयवासी र बिरुवा प्रहरी चौकीको टोलीले उद्धार गरेको थियो ।

पहिराले पुरिएर बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।  

 

advertisement_1680627706.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg