सोमबार, १९ आश्विन, २०८३

अन्नबाली बगाएपछि राहतकाे पर्खाइमा किसान

राष्ट्रिय सन्‍देश संबाददाता, १६ घण्टा पहिले

अन्नबाली बगाएपछि राहतकाे पर्खाइमा किसान

२०८३ असोज १८ पाल्‍पा । चार दिनकाे अति भारी वर्षातले पीडित किसान राहतकाे पर्खाइमा रहेका छन् । वर्षापछि आएकाे बाढी र पहिराेले अन्नबालीलगायतका तरकारी बाली बगाएपछि किसान सरकारबाट राहत पाउने आशामा रहेका छन् ।

उनीहरूले विगतमा जस्तै सङ्घीय र प्रदेश सरकारबाट केही राहत र क्षतिपूर्तिकाे आशामा बस्न बाध्य छन् । विगतका सङ्घीय सरकारले अन्नबालीमा भएकाे क्षतिकाे मुल्याङ्कन गरेर राहत क्षतिपूर्ति रकम दिएकाे थियाे ।

पाल्पाकाे माडीफाँटमा सबैभन्दा धानबालीमा क्षति पुगेकाे छ । यसका साथै झडेवा, पूर्वखाेला, रम्भा, तिनाउ, तानसेन, बगनासकाली, रम्भा, रामपुरलगायतका किसान पीडित छन् । उनीहरूले लगाएकाे धान तथा अन्य तरकारीबालीमा बाढीले क्षति पु-याएकाे छ ।

यसैबीच सङ्घीय र प्रदेश सरकार मातहत रहेका कार्यालय भने अलमलमा रहेका छन् । प्रभावित नागरिकले राहत र क्षतिपूर्तिबारे साेधपुछ गरेपनि केही भन्न नसकेेकाे कर्मचारी बताउँछन् ।

स्थानीय सरकारले बाढी पहिराेबाट पीडित नागरिककाे उद्धार, राहत, पुनर्थापना तथा सडक पूर्वधार पुनर्निर्माणमा काम गरिरहेकाे छ । तर प्रदेश र संघ सरकारले भने किसान तथा बाढी पहिराे पीडितका पक्षमा ठाेस कार्य गर्न नसकेकाे प्रभावित बासिन्दाकाे गुनासाे छ ।

advertisement_1680627706.gif