बुधबार, ३० बैशाख, २०८३

अर्घाखाँची बस दुर्घटना दुईको मृत्यु, २५ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २९ बैशाख, २०८३

अर्घाखाँची बस दुर्घटना दुईको मृत्यु, २५ जना घाइते

२०८३ बैशाख २९, काठमाडौं । अर्घाखाँचीमा बस दुर्घटना हुँदा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

जिल्लाको पाणिनी गाउँपालिका-८ दुर्गा फाँट कुडुलेमा झ १ ख ५०४ नम्बरको बस दुर्घटना भएको हो । मृतक दुई जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवस जिसीका अनुसार पर्वतबाट सुपा देउराली मन्दिर दर्शनपछि फर्किँदै गरेको यात्रु सवार बस दुर्घटनामा परेको हो । 

दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची तथा मिसन अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

करिब ३० जना सवार बस सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

advertisement_1676553851.gif