राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १९ माघ, २०८१
नेपालगञ्ज ,बाँके। पवन जायसवाल।बर्दियाको ठाकुरबाबाको भुरीगाउँमा शहिद दिवसको अवसरमा “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ आयोजत रक्तदान कार्यक्रममा १९ जना महिला र २७ जना पुरुष गरी ४६जनाले रक्तदान गरेका छन्।१३ औंं पटक ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाको आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समिति बर्दियाको सहयोग÷समन्वयमा आयोजित रक्तदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, व्यापारी, समाजसेवी, स्वयंसेवी रक्तदाता लगायत १९ जना महिला र २७ जना पुरुष गरी ४६जनाले रक्तदान गरेका छन्।
ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णुप्रसाद ज्ञवालीद्वारा सञ्चालित कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, शतक रक्तदाता गोपी नाथ बैश्य, उत्कृष्ठ महिला रक्तदाता सरिता ज्ञवाली र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्लाका सचिव श्यामलाल थारु प्रतिकले प्राविधिक होमराज गिरीलाई रगत संकलन पाकेट हस्तान्तरण गरी उद्घाटन गरेका थिए।
ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाका नगर प्रमुख तिलकराम लम्साल र उप–प्रमुख बीना कुमारी भट्टराईले नेपालगञ्ज–६ निवासी शतक
रक्तदाता १ सय ५६ पटक निवासी गोपी नाथ बैश्य र र बाँके र बर्दिया जिल्लामा महिलामा सबै भन्दा बढी रक्तदान गर्नु हुने नेपालगञ्ज–१० निवासी उत्कृष्ट महिला रक्तदाता सरिता ज्ञवालीलाई अबीरका साथै दोसल्ला सहित सम्मान पत्र प्रदान गरी सम्मान गर्नु भएको थियो।
ठाकुरबाबा नगरपालिका वार्ड नं. १ भुरीगाउँ स्थित आधारभूत नगर अस्पतालको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा नगर प्रमुख तिलकराम लम्साल, उप(प्रमुख बीना कुमारी भट्टराईले रगत दिएर कार्यक्रमको शुरुआत गर्नु भएको थियो।
रक्तदान कार्यक्रममा चन्द्रमणि पौडेल, सीता थारु, राजु थारु, कृष्ण बहादुर सिंह, घनश्याम रिजाल, तारा बैक, जानकी पाण्डे, कृष्ण बहादुर बिश्वकर्मा, शान्ति रावल, अनुराग थारु, बिकास गुरुङ्ग, ओम कुमारी तामाङ्ग, अजय दहित, सुजन थारु, पुष्पा सलामी, मोहन सुनार, सुधा खत्री, सुजन सापकोटा, तपेन्द्रराज जोशी, संगीता मगराती, सुशीला थारु, अञ्जली अधिकारी, राधा रिजाल, भवानी उपाध्याय, गीता चौधरी, दिपा रिजाल, पूजा सुनार, पूनम थारु, खगेन्द्र बहादुर शाही, बिकराल सिंह रत्गैया, गंगनसारा आचार्य, रामबहादुर थारु, आशा थारु, भिक्खुराम थारु, धु्रवराज बम, जीवन खनाल, समीर योगी, गीता थारु, चुडामणि चौधरी, ओमप्रकाश थारु, कालुराम थारु, बल बहादुर रत्गैया, श्रीराम थारु, सुरज थारु लगायत ४६ जनाले रक्तदान गरेका छन्।
नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय सदस्यले बर्दिया जिल्ला र अन्य जिल्लामा पनि रक्तदान कार्यक्रम गराउन सचेतना फैलाउँदै आउनु भएको छ उहाँको ठूलो योगदान रहेको छ।सो कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका होमराज गिरी सुनिल थापा, महेश दहित, प्रभुदयाल गोडिया, समी चौधरी, सुमित्रा ओली र जानकी शर्माले प्राविधिकमा सहयोग गर्नु भएको थियो ।
रक्तदान कार्यक्रममा ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरीगाउँ, नेपाल रेडक्रस सोसाइटी उपशाखा ठाकुरबाबा भुरीगाउँ, रेडियो टाइगर एफ.एम.९९.२ मेगाहर्ज, ईलाका प्रहरी कार्यालय बगनहा भुरीगाउँ, थारु समुदाय विकास मञ्च, औषधी व्यवसायी संघ, विकासप्रेमी युवा समूह भुरीगाउँ, लायन्स क्लब अफ भुरीगाउँ, नारी एकता शक्ति केन्द्र भुरीगाउँ, नेपाल शिक्षक महासंघ, ठाकुरबाबा सञ्जाल, ठाकुरबाबा बडघर सञ्जाल, ठाकुरबाबा स्वयंसेविका सञ्जाल, ठाकुरबाबा बन उपझोक्ता महासंघ, चुरे क्याम्पस बगनाहा, मनुषा टिका सिंह थापा बहुमुखी क्पाम्पस भुरीगाउँको सहकार्यमा रक्तदान
कार्यक्रम सम्पन्न भएको छ।