सोमबार, ११ कार्तिक, २०८२

चिच्याएर वर माग्ने सत्यवती मेलामा यस वर्ष पनि महाजोग

राष्ट्रिय सन्‍देश संबाददाता, १३ घण्टा पहिले

चिच्याएर वर माग्ने सत्यवती मेलामा यस वर्ष पनि महाजोग

२०८२ कार्तिक ९, पाल्पा । पाल्पाको सत्यवती मन्दिर परिसरमा हुने ऐतिहासिक सत्यवती मेलामा यस वर्ष पनि महाजोग परेको छ । कार्तिक महिनाभित्रै पूर्णिमा परेको वर्षलाई महाजोग मानिने जनविश्वास अनुसार, यो वर्ष कार्तिक १९ गते पूर्णिमा परेकाले वर माग्नको लागि उत्तम वर्ष मानिएको हो ।

तिहारपछि सुरु हुने मेलामा भक्तजनहरूको ठूलो भीड हुने अनुमान गरिएको छ । विशेषगरी कार्तिक १५ गतेको एकादशीदेखि १९ गतेको पूर्णिमासम्म मन्दिर परिसरमा दर्शन र वर माग्न आउने भक्तजनहरूको घुइँचो लाग्ने र त्यस्को ब्यबस्थापन को लागि तयारी भइरहेको छ ।

सत्यवती ताल वरिपरि मध्यरातमा वर माग्ने परम्परा अनुसार भक्तजनले देवीसँग चिच्याएर मनोकामना व्यक्त गर्छन्। स्थानीयहरूका अनुसार, महाजोग परेको वर्षमा वर माग्दा मनोकामना पूरा हुने विश्वास रहँदै आएको छ ।

advertisement_1680627680.gif