राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १ जेष्ठ, २०८२
३१ बैशाख २०८२, नवलपरासी । गैंडाकोट नगरपालिका–९ थुम्सीमा महेन्द्र राजमार्ग अन्तर्गत ६ लेनको सडक विस्तार कार्य अन्तिम चरणमा पुगेको छ ।
यस सडक खण्डको कालोपत्रे (पिच) कार्य भइरहेको छ, जसले यातायातको सहजता र सुरक्षामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।