बुधबार, १९ मंसिर, २०८१

advertisement_1730215456.gif

कतार एयरवेजको वाइडबडी विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २७ कार्तिक, २०८१

कतार एयरवेजको वाइडबडी विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

कात्तिक २७, २०८१ ,भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजले वाइडबडी विमान एयरबस ३३० मंगलबार अवतरण भएको छ ।

आज देखि नै कतार एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान सुरु गरेको हो । कतार एयरवेजलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा 'वाटर स्यालुट' दिइएको छ। 

दोहाबाट ३२ यात्रुसहित आएको विमान भैरहवा अवतरण गरेर पुनः सोही यात्रुसहित विमान काठमाडौं प्रस्थान गरेको बताइएको छ । कतार एयरवेजले नियमित तालिका अनुसार उक्त विमान दिउँसो २:४५ बजे भैरहवा अवतरण गर्ने र यहाँबाट ४:४५ बजे काठमाडौं प्रस्थान गर्ने तालिका छ। त्यस्तै काठमाडौँ बाट साँझ ६:५५ बजे दोहा जाने छ ।

कतार एयरवेजलाइ नेपाल नागरिक उड्यान प्राधिकरणले भैरहवा विमानस्थलबाट उडानका लागि पहिलो चरणमा मंसिर १५ गतेसम्मका लागि अनुमति दिएको छ । त्यसपछि पनि कम्पनीले भैरहवाबाट नियमित उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको अपेक्षा छ।

कतार एयरवेजको उडानसँगै भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीको संख्या पाँच पुगेको छ । यस अघि नेपाल एयरलाइन्स, थाइ एयर एशिया, जजिरा एयरवेज र फ्लाई दुबईले भैरहवा विमानस्थलबाट नियमित उडान थालिसकेका छन् ।  

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg