आईतवार, ३ कार्तिक, २०८२

लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरूमा कोजागत पूर्णिमाको अवसरमा निकालियो सराय नॉंच (फोटोसहित)

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १ कार्तिक, २०८१

लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरूमा कोजागत पूर्णिमाको अवसरमा निकालियो सराय नॉंच (फोटोसहित)

पाल्‍पा, कार्तिक १ । आज विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमा । कोजाग्रत पूर्णिमाको अवसरमा पश्चिम नेपालका केहि भागमा नाचिने सांस्कृतीक तथा मनोरन्जनात्मक सराय नाच निकालिएको छ । घटस्थापनादेखि महानवमीसम्म ब्रम्हादेवीमा दुर्गा पूजा गरेर कुविन्डो काटेर पुजा बिसर्जन गर्ने चलन रहेको साथै पञ्चे वाजाको तालमा वाख्यै खेल्दै सराए नाच्दै तरवार नचाउदै २०८१ को दशैलाई विदाई गरेका गरिएको छ ।

 दशैँको बिदाई गर्न र देवी भगवतीलाई खुशी पार्न सराय तथा खड्ग जात्रा निकाल्ने परम्परा छ । प्रदेश नम्बर ५ का पहाडी जिल्लाहरुमा यसको विशेष महत्व छ । तर, बसाईसराईले गर्दा धेरै मानिस तराई झरेपछि आफ्नो पुरानो परम्परा जोगाउन उनीहरुले बसोबास भएको स्थानमै मनाउन थालेका हुन् । सराय नाच दशैँका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाच हो । पाल्‍पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, दाङका विभिन्न कोट र शक्ति पीठहरुमा नाचिन्छ । यो नाच एकादशीदेखि पूर्णिमासम्म नाचिन्छ । पञ्चेबाजासहित मन्दिरमा चढाएका खुकुरी, तरवार र खुँडा नचाई एक आपसमा जोडिएर सराय नाच खेलिने गरिन्छ । बिहीबार लुम्बिनी प्रदेशका विभिन्‍न जिल्‍लाहरूमा सराय नाच निकालिएको छ ।

युद्धकलासंग सम्वन्धित सराएँ नाच हेर्नका लागि छिमेकी जिल्ला रूपन्‍देही, अर्घाखांची गुल्मी लगायतका क्षेत्रमा आज सराए नाचेर धुमधामका साथ मनाइएको छ । नेपालीको रितिरिवाज सस्कृतिको जर्गना गर्ने उद्देश्यका साथमा सराय नाच बिगत देखिनै निकालिंदै आएको तानसेन नगरपालिका ११ सम्‍मोबारी स्थित लिपिन्‍देवी मन्द्रिर ब्यबस्थापन समितिका अध्‍यक्ष शेर बहादुर खातीले बताए ।

देवी भगवतीले तरवारको प्रयोगबाट राक्षसहरुको बध गरी विजय प्राप्त गरेको सम्झनामा गाउँ–गाउँका देवी भगवतीको मन्दिरहरुमा सराए नाँच संगै वाख्खै र तरवार नाँच देखाउने परम्परा चल्दै आएको पुर्व डिआईजी राम कार्कीले बताए।

विजया दशमीको अन्तिम दिन कोज्रागज पुर्णिमा आज लुम्बिनी प्रदेशका विभिन्‍न जिल्‍लाहरूमा दशै घर अर्थात शक्तिपिठहरूमा विशेष पुजाआजाका साथै सराए नॉंच पञ्चेबाजा गाजाका साथ मन्दिर परिक्रमा गरि दशै अर्थात बडा दशैलाई फुलपाती टिका जमारा सहित दुर्गा पूजा गरेर कुविन्डो काटेर पुजा बिसर्जन गरिएको छ ।

भिडियो हेर्नुहोस् ।

advertisement_1680627680.gif