शुक्रबार, २ फाल्गुन, २०८१

लुम्बिनी प्रदेशको स्थापना दिवस मनाइँदै

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २१ माघ, २०८१

लुम्बिनी प्रदेशको स्थापना दिवस मनाइँदै

२१ माघ, तुलसीपुर । लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा औपचारिक कार्यक्रम गरि स्थापना दिवस मनाउन लागेको स्थापना दिवसका मूल समारोह समितिका सदस्य सचिव रेखा कँडेलले जानकारी दिए ।

उनका अनुसार  स्थापना दिवसको अवसरमा प्रदेशमा सार्वजनिक बिदासमेत दिइएको छ । लुम्बिनीमा २१ माघमा प्रदेशसभा स्थापना भएकाले सोही दिन नै प्रदेश स्थापना दिवसका रुपमा मनाउने गरिन्छ । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउँदैछ । आज सोमवार आठौं स्थापना दिवस उत्सवको रुपमा मनाउन थालेको हो ।

प्रदेश सभा सचिवालय परिसरमा मुल समारोहको आयोजना गरिँदैछ । प्रदेश प्रमुखको विशेष उपस्थितीमा मुल समारोह आयोजना गर्न थालिएको हो । बाजागाजासहितको झाँकी प्रदर्शन, विभिन्न मन्त्रालयहरुका स्टलहरूसमेत राखिने छन् । प्रदेश स्थापना दिवसमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा समेत दिएको छ ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif