सोमबार, ११ कार्तिक, २०८२

६ महिनापछि सुरू भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

६ महिनापछि सुरू भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान

२०८२ कार्तिक ९, रुपन्देही रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा ६ महिनापछि पुनः अन्तर्राष्ट्रिय विमानको उडान सुरु भएको छ । आज (आइतबार) मध्यान्ह थाई एयर एसियाको जहाज अवतरण भएर उडानको पुनः सुरुवात भएको हो ।

आज मध्याह्न १२ः४८ मा १७ यात्रु लिएर थाई एयर एसियाको जहाज भैरहवा अवतरण गरेको हो । एयरबस ३२० को न्यारोवडीको जहाज अवतरण भएसँगै गत अप्रिलदेखि रोकिएको अन्तर्राष्ट्रिय उडान फेरि सक्रिय हुने अपेक्षा गरिएको छ।

हप्ताको दुई दिन थाई एयर एसियाको उडान तालिका अनुसार यो सिजनमा पुन उडान सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताउनुभयो। उहाँका अनुसार आइतबार र बुधबार दुई दिन उडान हुनेछ। जहाजले आजै १६२ यात्रु लिएर थाइल्याण्ड उडेको छ ।

गत अप्रिलमा त्रिभुवन विमानस्थल मर्मतसमेत भएकाले भैरहवा विमानस्थलमा चाप बढेको थियो। त्यतिबेला दैनिक चारवटा उडान भएका थिए। पाँच महिनामा दुई सय बढी उडानबाट ७ हजार यात्रु आवतजावत गरेको विमानस्थलले जनाएको छ। त्यसयता केही चार्टर उडान मात्रै भएका छन्।

यहाँको विमानस्थल नियमित बनाउन निजी क्षेत्रबाट ठूलो दबाब सृजना गरिएको छ तर सरकारले त्यो व्यवस्थापन गर्न सकेको छैन । 

advertisement_1760855394.gif