राष्ट्रिय सन्देश संबाददाता, ९ घण्टा पहिले
२०८३ असोज ०७ पाल्पा । जिल्ला निर्वाचन कार्यालय पाल्पाले मतदाता नामावलीमा एक भन्दा बढी स्थानमा दर्ता भएकाकाे नाम हटाएकाे छ । पाल्पाका दश पालिकामा एक भन्दा बढी स्थानमा नाम दर्ता भएका मतदाताकाे नामावली हटाइएकाे हाे ।
नाम हट्नेहरूको सूचिमा पाल्पाका ९९८ जना रहेका छन् । यसरी हटाइएका नाममध्ये कसैले नहटाउने वा कायम राख्न चाहेमा प्रमाणसहित असाेज १२ गतेसम्म जिल्ला निर्वाचन पाल्पामा निवेदन दिन सक्ने जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए ।
कुनै निवेदन र प्रमाण पेश नभएकाे खण्डमा मतदाता नामावलीबाट नाम स्थायी रूपमा हटाइने उनले बताए ।