राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २४ असार, २०८१
नवलपरासी, असार २३ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का कारागार प्रशासक (शाखा अधिकृत)विनोदकुमार दत्त १ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले उनलाई आइतबार पक्राउ गरेको हो ।
सेवा सुविधा दिन सहजीकरण गरिदिने भन्दै घुस मागेको उजुरी परेको थियो । दत्तलाई आइतबार कारागार प्रशासकको निवासबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
काठमाडौंको टंगालस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ लिइसकेको अवस्थामा कारागार कार्यालय नवलपरासीको भवनबाट नियन्त्रणमा लिएको हो ।