राष्ट्रिय सन्देश संबाददाता, १० घण्टा पहिले
२०८३ असोज १८ पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ-३ सिद्धबाबामा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा गुल्मी छत्रकाेट गाउँपालिका-३, हर्दिनेटाका ४७ वर्षीय नवराज पन्थ रहेका छन् ।
बुटवलबाट पाल्पातर्फ जादै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल तिनाउ खोलामा खस्न जाँदा मोटरसाईकल चालक पनथकाे मृत्यु भएकाे हाे ।
घटना आइतबार दिउँशाे १ बजेतिर भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेकाे उनले बताए ।