बिहीबार, १३ कार्तिक, २०८३

सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गरिदै

राष्ट्रिय सन्‍देश संबाददाता, १० घण्टा पहिले

सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गरिदै

२०८३ कार्तिक ११ बाँके । सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालिएको छ ।

परम्परागत कालानमक धानको जात हराउँदै गएको भन्दै यहाँका किसानले जिल्लाका कतिपय स्थानमा यसको व्यावसायिक खेती गर्न थालेका छन् । जिल्लाको जानकी गाउँपालिका–३ स्थित दीपाकुमारी काँदु गुप्ताले सुरुमा दुई कट्ठामा लगाएको कालानमक जातको धान अहिले १० कट्ठा जमिनमा लगाएका छन् ।

उहाँले सो धान महँगो मूल्यमा बिक्री हुने भएकाले यस धानप्रतिको आर्कषण बढ्दै गएको जानकारी दिँदै अधिकांश किसानले सो धान लगाउन थालेको बताए । “अर्को कुनै हाइब्रिड जातको धान प्रतिक्विन्टल रु तीन हजार देखि तीन हजार २०० मूल्यमा बिक्री हुन्छ तर कालानमक जातको धान रु १२ हजार क्विन्टलमा बिक्री हुन्छ”, किसान गुप्ताले भने ।

किसानलाई धान स्याहार गर्न पनि सहज जातको धान कालानमक भएको जानकारी दिँदै किसानले अन्य धानको तुलनामा यसबाट बढी प्रतिफल पाएको उनले बताए ।

सो धानको चामलबाट बनाइएको भात मुलायम र सुगन्धित हुने जानकारी दिँदै किसान गुप्ताले यस वर्ष २० किलो कालनमक जातको धानबाट करिब १५ क्विन्टल धान उत्पादन गर्ने लक्ष्य भएको बताए ।

उहाँले परीक्षणका लागि सुरुमा एक किलो कालानमक धान खेतीबाट सो धानको उत्पादन सुरु गरिएको जानकारी दिँदै चार वर्ष अघिदेखि यसको उत्पादन गरिरहेको बताए ।

advertisement_1676551646.gif