शुक्रबार, २ फाल्गुन, २०८१

स्वच्छ र स्वस्थ समाजका लागि मिडियाकर्मीहरु सकारात्मक हुनु आवश्यक

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १४ श्रावण, २०८१

स्वच्छ र स्वस्थ समाजका लागि मिडियाकर्मीहरु सकारात्मक हुनु आवश्यक

नेपालगन्ज÷ व्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल, क्षेत्रीय कार्यालय, नेपालगन्जले संस्थाका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख वरिष्ठ राजयोगिनी बाल व्रम्हचारिणी व्रह्माकुमारी दुर्गाले स्वयंलाई सशक्त बनाउन दिमागलाई ठण्डा, मुखलाई मीठो र दिललाई प्रेमभावयुक्त बनाउँदै मनमा आएका नकारात्मक कुराहरुलाई डिलिट गर्दै अघि बढ्नुपर्ने विचार व्यक्त गर्नु भएकोछ । 

बाँकेका सञ्चारकर्मीहरुका लागि सोमवार केन्द्रद्वारा आयोजित “स्वच्छ र स्वस्थ समाजका लागि आध्यात्मिक सशक्तिकरणः मिडियाको भूमिका” विषयक मिडिया स्नेह मिलन रिफ्रेसमेन्ट कार्यक्रममा प्रमुख वक्ताको रुपमा व्रह्माकुमारी दुर्गाले उक्त विचार राख्नु भएको हो

व्रह्माकुमारी दुर्गाले यदि कसैले झटारो हान्यो र गाली गलौज ग¥यो भने जीवनरुपी डालीमा सुन्दर फल लागेछ भनि तत्काललाई खुशी हुनुहोला, आफ्नो कार्यलाई अझै  अगाडि लैजानु होला, तर त्यसले नकारात्मक प्रभाव पारेको आफैलाई थाहा नहुने बताउनु भयो । उहाँले व्यस्त जीवनका वीचमा पनि योग ध्यानको पद्दतिलाई अपनाउन सके मानसिक तनावबाट मुक्त भई आफ्नो मिडियाको क्षेत्रमा अगाडि बढ्न र बढाउन सकिने बताउँदै यस राजयोग सेवा केन्द्र रिचार्ज सेन्टर अर्थात् व्युटिपार्लर हो यहाँ आएर आफूलाई रिचार्ज गर्न र मानसिक रुपमा आफूलाई व्यूटि बनाउन मिडिया मार्फत् सकारात्मक विचार प्रवाह आवश्यक रहेको बताउनु भयो । बाँकेका झण्डै तीन दर्जन सञ्चारकर्मीहरू वीच दुर्गाले आध्यात्मिक जीवनको वहुआयामिक प्रभावबारे धारणा प्रस्तुत गर्नु भएको थियो । 

कार्यक्रममा संस्था प्रतिको अवधारणा, आध्यात्मिकताको विषयमा विभिन्न विचार, सुझाव संकलनको क्रममा वर्तमानमा आर्टिफिसियल ईन्टेलिजेन्ससम्म आईपुग्दा त्यसलाई पनि निर्देशित गर्ने स्प्रिचुअल ईन्टेलिजेन्सको खोजी गर्नुपर्ने, आध्यात्मिकताले जीवनलाई संयमितर सरल बनाउने, संस्थाले महिला सशक्तीकरणको लागि विशेष भूमिका निर्वाह गरेको, समाजमा महत्वपूर्ण सकारात्मक कार्य गरेको, प्रोत्साहित गरेको  जसबाट जीवनमा आएका अनेकौं परिवर्तन लगायत विभित्र सुझावहरु संचारकर्मीहरुबाट आएको थियोे । 

सो अवसरमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईले  पत्रकारहरूको व्यस्त जीवनशैलीमा आध्यात्मिक ज्ञानले सरकारात्मक ऊर्जा प्रदान गर्ने औंल्याउनु भयो । हामी आफ्नो मिडिया क्षेत्रमा स्वच्छ र स्वस्थ रहन आध्यात्मिक ज्ञानले निकै सहयोग पु¥याउने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतमले पनि माउन्ट आबूको व्यवस्थापन र सिक्न सकिने बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरे, प्रदेश सदस्य मो. आरिफ अन्सारी, बाँके शाखाका का.वा. अध्यक्ष संगीन शर्मा, पत्रकार शरण कर्माचार्य लगायतले कार्यक्रमले छुट्टै उर्जा प्रदान गरेको, अनुभूति र खुशी प्रदान गरेको भन्दै सराहना गरेका थिए ।

कार्यक्रममा नेपाल प्रेस युनियन, बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, रा.स.स.का क्षेत्रीय प्रमुख युवराज पाण्डे, महासंघ, बाँकेका कोषाध्यक्ष विनोद पौडेल, थारु पत्रकार संघका अध्यक्ष भगतराम चौधरी, नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्रका प्रमुख विजय कुमार वर्मा, पत्रकारहरु प्रदिप वाग्ले, विमला चौधरी, शाहिदा शाह, पवन जायसवाल लगायतको सहभागिता थियो । 

कार्यक्रममा ब्रह्माकुमारीका क्षेत्रीय सचिव कृष्ण बहादुर रानाभाटले स्वागत मन्तव्य सहित पत्रकारसँग सम्बन्धित कविता वाचन गर्नु भएको थियो ।व्रह्माकुमारी मुनाले सहजीकरण गरेको सो कार्यक्रममा कुमारी साहारा र वैष्णवीले स्वागत नृत्य र कुमार अर्जुनले आध्यात्मिक गीत प्रस्तुत गरेका थिए ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif