शुक्रबार, २२ श्रावण, २०८३

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, १८ घण्टा पहिले

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

२०८३ साउन २१, पाल्‍पा । पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।

उक्त स्कुलमा एलकेजीमा अध्यनरत ८ वर्षीया साजुदा बानुको उपचारका क्रममा बुधबार काठमाडौंमा मृत्यु भएको हो ।

गत साउन ७ गते जलेकी पाइप फुस्किएर भएको आगलागीमा परी घाइते बानुलाई तानसेनको युनाइटेड मिसन अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि तत्काल हेलिकोप्टरबाट काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा लगिएको थियो ।

उनको बुधबार दिउँसो उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । आगलागीबाट साजुदाको अनुहार, दुवै हात, छातीको दाहिने भाग तथा कम्मरदेखि पैतालासम्मको गरी करिब ३५ प्रतिशत शरीरको भाग जलेको चिकित्सक जनाएका थिए । उनीसंगै खाजा खादा अन्य दुई जना विद्यार्थी पनि सामान्य घाइते भएका थिए ।

 विद्यालयमा विद्यार्थी आगलागीकाे घटनापछि तानसेन नगरपालिका, जिल्ला प्रशासन, प्रहरीलगायतकाे टाेलीले अनुगमन गरेकाे थियाे

advertisement_1676551646.gif