मंगलवार, १८ मंसिर, २०८१

advertisement_1730215456.gif

वरिष्ठ कलाकार श्यामानन्द सिंहको वृहत् कला प्रदर्शनी

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १ मंसिर, २०८१

वरिष्ठ कलाकार श्यामानन्द सिंहको वृहत् कला प्रदर्शनी

नेपालगन्ज। वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीद्वारा तयार गरिएका चित्रकलाहरुको यहाँ वृहत् कला प्रदर्शनी शुरु गरिएको छ।श्यामानन्द कला संस्कृति प्रतिष्ठान नेपालगन्ज बाँकेद्वारा २३ गतेदेखि मंसिर ३ गतेसम्म रामलीला मैदान स्थित सरस्वती मन्दिर परिसरमा प्रदर्शनी गरिएको हो । उक्त प्रदर्शनी निःशुल्क अवलोकन गर्न सकिने कलाकार सिंहले जानकारी गराउनु भयो ।
कलाकार सिंहद्वारा तयार गरिएका हस्तकला तथा कलाहरु हजारौंको संख्यामा प्रदर्शनीमा सजाइएका छन् । प्रदर्शनीमा नेपालगन्जका विभिन्न विद्यालयका शिक्षक विद्यार्थीहरुको समूह लगायत करीब शुक्रवारसम्म पाँच हजार जनाले वृहत् कला प्रदर्शनीको अवलोकन गरेको सिंहले बताउनु भयो ।
नेपालगन्ज उपमहानगरपालिका वडा–९ बाँके गाउँ सरस्वती टोल निवासी ७० वर्षीय वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीले करीब एक दशकदेखि आफ्नै निजी दुई तल्लाको घरै कला संग्रहालय बनाउनु भएको छ । पुराना फालिएका, प्रयोग गरिसकेका प्लाष्टिकका सामान, बोतल, थर्माकोल, डेट एक्स्पाएर औषधी लगायतबाट विभिन्न किसिमका हजारौंको संख्यामा आकर्षक हस्तकलाहरु तयार गर्नु भएको छ भने तेल चित्रहरु पनि तयार गर्नु भएको छ । 
वहुमुखी प्रतिभाका धनी वरिष्ठ कलाकार सिंह गीत, संगीत, गायन, बाँसुरी, वाद्यवादनमा पनि खप्पिस हुनुहुन्छ भने उहाँले साहित्यिक क्षेत्रमा पनि कलम चलाउनु हुन्छ । तर, विडम्वना नै भन्नु पर्छ कि उहाँले तयार गर्नु भएको वहुमूल्य कलालाई अलग्गै संग्रहालय बनाएर संरक्षण गर्नका लागि स्थानीय निकायबाट कुनै चासो लिएको भने देखिंदैन । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टबाट २३ गते उद्घाटन गरिएको उक्त वृहत् कला प्रदर्शनीमा लागेको सम्पूर्ण खर्च उहाँ स्वयम्ले आफ्नै  निजी स्रोतबाट गर्नु भएको कलाकार सिंहले बताउनु भयो ।
उक्त वृहत् कला प्रदर्शनी अवलोकन गर्न पुगेका नेपालगन्ज स्थित वेस्ट जोन इंग्लिस मिडियम स्कुलमा कक्षा ७ का विद्यार्थी प्रनिश कुँवरले आफूले पहिलो पटक यत्ति धेरै मूर्ति तथा चित्रहरू एक ठाउँमा देख्न पाएको बताउनु भयो । यत्तिका मूर्ति तथा चित्रहरू आँखै अगाडि पहिलो पटक देख्ने मौका पाएँ, धेरै कुराहरूको ज्ञान पनि पाएँ, हामीले किताबमा पढेका बस्तुहरू प्रत्यक्ष यहाँ देख्न पाइयो, मन रमाएको छ, खुसी भएको छु कुँवरले भन्नुभयो ।सीप भएपछि जस्तोसुकै फालिएका वस्तुबाट पनि धेरै राम्रा कलाकृतिहरू बनाउन सकिने रहेछ भन्ने ज्ञान भयो, सीप मात्र भएर पनि भएन, इच्छा पनि हुनु पर्दोरहेछ विद्यार्थी कुँवरले भन्नुभयो– ७० वर्ष पुगिसक्नुभएका वरिष्ठ कलाकार सिंह छ, उहाँसँग भेट्ने मौका पनि पाएँ, धेरै कुराहरूको ज्ञान पनि पाएँ । इच्छा भएपछि काम गर्न उमेरले नछेक्ने रहेछ भन्ने बुझेँ ।
अर्का विद्यार्थी प्रज्ञान रेग्मीले कला प्रदर्शनीमा आएर धेरै कलाकृति अवलोकन गर्न पाएको र यस्तै आफूले पनि बनाउन पाए हुन्थ्यो भन्ने लागेको बताउनुभयो । हजारौँ कलाकृतिहरू रहेछन्, हेरेर आफूले पनि यस्तै बनाउन पाए हुन्थ्यो भन्ने लाग्यो वेस्ट जोन स्कुल कक्षा ७ मा अध्ययनरत विद्यार्थी रेग्मीले भन्नुभयो– बनाउन कोसिस गरे त म पनि बनाउन सक्छु भन्ने आत्मबल बढेको छ, अब प्रयास गर्ने बताए ।
 

वरिष्ठ कलाकार श्यामानन्द सिंहको वृहत् कला प्रदर्शनी

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg