आईतवार, २४ श्रावण, २०८३

बैतडीका १७८ जनालाई घरमै राहदानी

राष्ट्रिय सन्‍देश संबाददाता, १३ घण्टा पहिले

बैतडीका १७८ जनालाई घरमै राहदानी

२०८३ साउन २३, बैतडी । बैतडीमा हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने सेवा प्रभावकारी बन्दै गएको छ । बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।

जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाशसिंह कार्कीका अनुसार कार्यालयले २४८ राहदानी वितरणको लक्ष्य लिएकामा १७८ जनालाई उनीहरुका घरमै सेवा प्रदान गरिएको छ । उनले भने, ‘बाँकी राहदानी पनि सम्बन्धित पालिकामार्फत सेवाग्राहीका घरमा पठाइसकेका छौं ।

जिल्लाका सबै स्थानीय तहमा सेवा पुगेको छ । नौ वटा पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा प्रवाह गरिएको उनले बताए । दशरथचन्द नगरपालिकामा जिल्ला हुलाक कार्यालयले नै सेवाप्रवाह गरिरहेको छ ।

advertisement_1676998982.gif