शुक्रबार, २ फाल्गुन, २०८१

बैतडीमा जीप दुर्घटना हुँदा ६ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १२ माघ, २०८१

बैतडीमा जीप दुर्घटना हुँदा ६ जना घाइते

फाइल फोटो

१२ माघ, बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सिगास गाउँपालिका–१ माडौँमा शनिबार बिहान सुदूरपश्चिम प्रदेश ०१–००१ च ४०२८ नम्बर जिप दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । 

घाइते हुनेमा सिगास गाउँपालिका-१ इरानाका १४ वर्षीया जयन्ती धामी, सोही ठाउँका ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया पार्वती धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी रहेका जिल्ला प्रहरी बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ । चालक जयन्त बोहरा फरार छन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif