राष्ट्रिय सन्देश संबाददाता, १० घण्टा पहिले
२०८३ भदौ २५ नुवाकोट । नुवाकोटको देवीघाट देखि विदुर जोड्ने भोटकोशी माथि नेपाली सेनाले वृजिङ्ग युनिटले एक्रो बृज जडान सकाएको छ । नेपाली सेनाले पाँच दिन लगाएर हिजो बुधबार बेलुका एक्रो ब्रिज नयाँ पुल जडानको काम सकेको हो ।
प्रधानमन्त्री कार्यालयले बुधबार राति सेनाको प्रयासबाट उक्त क्षेत्रमा यातायात सञ्चालन सहज बन्न पुगेको सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएको छ ।
नयाँ पुल जडान भएसँगै आज (बिहीबार) देखि पैदलयात्रीहरूका लागि आवतजावत खुला गरिने भएको छ भने शुक्रबारदेखि गाडी चल्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।