राष्ट्रिय सन्देश संबाददाता, ६ घण्टा पहिले
२०८३ असोज १८ काठमाडौँ I आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय शृङ्खला खेल्न जाने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई आज एक औपचारिक कार्यक्रमबिच बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा काठमाडौँमा आयोजित बिदाइ समारोहमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालगायत पदाधिकारीहरूले नेपाली टोलीलाई जितको शुभकामना दिँदै बिदाइ गरेका हुन् ।
कार्यक्रममा क्यान अध्यक्ष चन्दले टोलीका खेलाडीहरू हाल उच्च लयमा रहेकाले आसन्न लिग–२ शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्ने पूर्ण विश्वास व्यक्त गरे । आगामी लिग–२ शृङ्खलामा नेपालले घरेलु टोली ओमान र क्यानडासँग प्रतिस्पर्धा गर्दै छ। तालिका अनुसार नेपालले असोज २५ गते क्यानडासँग खेल्दै शृङ्खलाको सुरुवात गर्नेछ भने असोज २७ गते ओमानविरुद्ध मैदान उत्रिनेछ। यसैगरी, असोज ३१ गते पुनः क्यानडासँग र कात्तिक २ गते ओमानसँग दोस्रो खेल खेल्ने तय भएको छ ।
एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यतालाई जोगाइराख्नका लागि नेपालका लागि यो शृङ्खला अत्यन्तै महत्वपूर्ण मानिएको छ ।