आईतवार, ३ जेष्ठ, २०८३

अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाललाई १९६ रनको लक्ष्य दियो

राष्ट्रिय सन्‍देश संबाददाता, २१ घण्टा पहिले

अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाललाई १९६ रनको लक्ष्य  दियो

२०८३ जेष्ठ ०२, शनिबार, काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजको खेलमा अमेरिकाले नेपाल सामू जितका लागि १९६ रनको लक्ष्य रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनाएको सफल भएको छ ।

अमेरिका पटेलले सर्वाधिक ८३ रन बनाए भने ८९ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरेका थिए  । शेहानले ५२ बलमा ५ चौका र १ छक्कासहित ५० रन बनाए ।

यी दुईबीच दोस्रो विकेटका लागि १०० रनको साझेदारी भएको थियो ।

advertisement_1680627706.gif