सोमबार, ११ कार्तिक, २०८२

अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

राष्ट्रिय सन्‍देश संबाददाता, १० घण्टा पहिले

अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

२०८२ कार्तिक ९, काठमाडौं । आइसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनायो ।

अमेरिका लिग स्मिथ पटेलले ७५ रनको अर्धशतकीय पारी खेले । १०० बल खेलेका उनले ५ चौका प्रहार गरे । त्यस्तै मिलन्थ कुमारले पनि ७० रनको अर्धशतकीय पारी खेले । ५० बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे ।

अमेरिकाका लागि साइतेजा मुकामल्लाले ४२ रन बनाउँदा शुभम रन्जानेले १९ रन बनाए । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए । 

लिग-२ मा नेपाल १६ खेलबाट १२ अंक बटुल्दै सातौँ स्थानमा छ ।

advertisement_1680627706.gif