सोमबार, १७ कार्तिक, २०८३

एनपीएल: जनकपुर बोल्ट्सको दोस्रो जित, पोखरा ९ रनले पराजित

राष्ट्रिय सन्‍देश संबाददाता, १८ घण्टा पहिले

एनपीएल: जनकपुर बोल्ट्सको दोस्रो जित, पोखरा ९ रनले पराजित

२०८३ कार्तिक १५ काठमाडौँ ।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा भएको खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ। जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखरा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३८ रनमा समेटियो। पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए भने विपिन आचार्यले २० र किरण ठगुन्नाले १५ रन जोडे पनि जितका लागि पर्याप्त भएन। जनकपुरका मोइन अलीले ३ विकेट लिए भने सैफ हसन र कप्तान हर्मीत सिंहले २-२ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। जनकपुरका लागि ओपनर तृतराज दासले ५५ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए। अन्त्यतिर अभिषेक तिवारीले १० बलमा आक्रामक २४ रन बनाए भने मोइन अलीले २१ रन जोडे। पोखराका शकिब अल हसनले ३ र चमिका करुणारत्नेले २ विकेट लिएका थिए। पोखराको यो लगातार दोस्रो पराजय हो। प्रतियोगिता अन्तर्गत सोमबार पहिलो खेल काठमाडौँ गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेल सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुनेछ।

advertisement_1680627706.gif