सोमबार, १७ कार्तिक, २०८३

एनपीएल: पोखरा एभेन्जर्ससामु जनकपुर बोल्ट्सले दियो १४८ रनको लक्ष्य

राष्ट्रिय सन्‍देश संबाददाता, २१ घण्टा पहिले

एनपीएल: पोखरा एभेन्जर्ससामु जनकपुर बोल्ट्सले दियो १४८ रनको लक्ष्य

​२०८३ कार्तिक १५ काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को जारी नवौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई जितका लागि १४८ रनको मध्यम लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पोखराले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रनको योगफल तयार पार्यो ।

​जनकपुरको इनिङ्समा ओपनर त्रितराज दासले सर्वाधिक ६१ रनको अर्धशतकीय इनिङ खेले। उनले ५५ बलको सामना गर्दै ७ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै मोइन अलीले २१ रन जोडे भने तल्लो क्रममा अभिषेक तिवारीले मात्र ९ बलमा १ चौका र २ छक्कासहित अविजित २१ रनको आक्रामक योगदान दिए । जेम्स नीशमले ११ रन जोड्दा हरमित सिंह, अनिल साह र सैफ हसनले समान ९-९ रन बनाए ।

​पोखरा एभेन्जर्सका बलरहरूले इनिङ्सको मध्यभागमा किफायती बलिङ गर्दै जनकपुरलाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए ।

advertisement_1676551646.gif