राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ कार्तिक २० काठमाडौँ।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गरेको छ । टियु मैदानमा भएको रोमाञ्चक खेलमा चितवनले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको हो । पोखराको भने यो लगातार चौथो हार हो।
चितवनले दिएको १५२ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा पोखरा १९ ओभरमा १२१ रनमै अलआउट हुन पुग्यो । पोखराका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए पनि अन्य ब्याटरले गतिलो योगदान दिन सकेनन् भने चितवनका बलर रिजन ढकालले चार र कमल सिंह ऐरीले तीन विकेट लिँदै पोखराको ब्याटिङ लाइनअप ध्वस्त पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५१ रन बनाएको थियो, जसमा कप्तान सिकन्दर रजाको ३७ रन र रवि बोपाराको ३२ रन मुख्य योगदान रहेको थियो