शनिबार, १५ कार्तिक, २०८३

एनपीएलमा आज दुई खेल: वर्षाका कारण प्रभावित हुन सक्ने जोखिम

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

एनपीएलमा आज दुई खेल: वर्षाका कारण प्रभावित हुन सक्ने जोखिम

२०८३ कार्तिक १४ काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुईवटा खेल हुने तालिका रहेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुनेछन् । यो खेल दिउँसो १२:३० बजे सुरु हुनेछ ।

यसैगरी, दोस्रो खेलमा विराटनगर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । यो खेल अपराह्न ४:३० बजे तय गरिएको छ। यद्यपि, विगत दुई दिनदेखि भइरहेको लगातारको वर्षाका कारण दुवै खेल प्रभावित हुन सक्ने सम्भावना रहेको छ ।

काठमाडौंमा बिहीबार रातिदेखि सुरु भएको वर्षा शुक्रबार दिनभर जारी रहेको थियो । शनिबार पनि वर्षा भइरहेको छ । दिउँसोपछि भने मौसममा सुधार आउन सक्ने पूर्वानुमान छ ।

वर्षा नरोकिएमा खेल सुरु हुन ढिलाइ हुने वा ओभर घटाएर खेलाउनुपर्ने अवस्था आउन सक्छ । वर्षाका कारण खेल नै सञ्चालन हुन नसके दुवै टोलीले एक–एक अंक बाँड्नुपर्नेछ । एनपीएलमा खेलको नतिजा निकाल्न कम्तीमा दुवै टोलीले पाँच–पाँच ओभर खेल्नुपर्ने व्यवस्था छ ।

advertisement_1676551537.gif