बिहीबार, २२ कार्तिक, २०८१

advertisement_1730215456.gif

माल्दिभ्सबिरुद्ध नेपालको ११ गोल

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ५ कार्तिक, २०८१

माल्दिभ्सबिरुद्ध  नेपालको ११ गोल

काठमाडौँ, कार्तिक ५ । नेपालले सोमबार महिला साफ च्याम्पियनसिप २०२४ मा माल्दिभ्सलाई ११-० ले पराजित गरेको छ । रेखा पौडेल र प्रीति राईले ह्याट्रिक गरेपछि नेपालले  माल्दिभ्सलाई गोल को बर्षा संगै पराजित गरेको छ ।

यो जितसँगै नेपाल समूह बी को दुई खेलबाट चार अंकसहित शीर्ष स्थानमा छ । भुटानको पनि दुई खेलबाट चार अंक भए पनि गोल अन्तरका कारण नेपाल समूहको शीर्ष स्थानमा छ । श्रीलंका तीन अंकसहित तेस्रो स्थानमा छ भने माल्दिभ्सले कुनै पनि अंक नपुगेर आफ्नो अभियानको अन्त्य गरेको छ।रेखा पौडेलले दशरथ रंगशालामा ३२औँ, ४२औँ, ४८औँ, ६३औँ र ७७औँ मिनेटमा पाँच गोल गरिन् ।

त्‍यस्‍तै ६औं, ६५औँ र ८७औं मिनेटमा प्रीति राईले थप तीन गोल थपेकी थिइन् ।बाँकी गोल सविता राना मगर (२९औं मिनेट), अनिता केसी (६८औं मिनेट) र अमिषा कार्की (८८औं मिनेटमा)ले गरे । यसबाहेक सजनी थोकरले यो खेलबाट नेपालका लागि डेब्यु गरिन् । अघिल्लो दिन फ्रान्सबाट नेपाल आएकी सावित्रा भण्डारीले भने यो खेलमा खेल्नु परेन ।

अब नेपालले समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ भने भुटानले माल्दिभ्ससँग खेल्नेछ ।

advertisement_1730215456.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg