राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ४ असार, २०८१
काठमाडाैं, असार ३ । नेपाल आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशसँग २१ रनले पराजित भएको छ ।समूह डीमा रहेको नेपाल समूह चरणको बंगलादेशसँग २१ रनले पराजित भएको हो ।
बंगलादेशले १९.३ ओभरमा अलआउट हुँदै नेपाललाई १०७ रनको लक्ष्य दिएको थियो । १९.२ ओभरमा अलआउट हुँदै नेपालले ८५ रन बनाएको थियो ।
नेपालका लागि कुशल मल्लले २७ रन जोडे भने दीपेन्द्रसिंह ऐरीले २५ रन जोडे। आशिफ शेखले १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। बंगलादेशका लागि तान्जिन हसन साकिबले चार विकेट लिए। मुस्तफिजुर रहमानले ३ विकेट लिँदा साकिब अल हसनले २ विकेट लिए। त्यस्तै तास्किन अहमदले १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश १०६ रनमा अल आउट भएको थियो। साकिव अल हसनले सर्वाधिक १७ रन जाेड्दा महमदुल्लाहले १२ र जाकिर अलीले १२ रन बनाएका थिए। नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र सन्दीप लामिछानेले २/२ विकेट लिए।
बङ्गलादेशका तान्जिम हसन शाकिबले सर्वाधिक ४ विकेट लिए भने मुस्ताफिजुर रहमानले ३ विकेट लिए। शाकिब अल हसनले २ विकेट लिँदा तास्किन अहमदले १ विकेट हात पारे। त्यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको बङ्गलादेश निर्धारित ओभरको ३ बल बाँकी छँदै अलआउट हुँदै १०६ रन बनाउन सफल रहयो ।
जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ भने नेपाल आईसीसी टी–२० विश्वकप २०२४ बाट बाहिरिएको छ।