मंगलवार, १८ चैत्र, २०८१

नेपाल नामिबियासँग २३ रनले पराजित

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २८ फाल्गुन, २०८१

नेपाल नामिबियासँग २३ रनले पराजित

२८ फागुन २०८१, काठमाडौं । महिला ट्वान्टी-२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । जारी प्रतियोगितामा नेपालको यो प्रतियोगितामा तेस्रो हार हो ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आफ्नो चौथो खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको हो ।

नामिबियाले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय २ रनमात्र बनाउन सक्यो । नेपालकी साना प्रवीनले सबैभन्दा धेरै ३१ रन बनाइन् । यस्तै कविता जोशीले नटआउट १७ रन जोडिन् । नामिबियाकी इभेलीन केजरुक्वाले २ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रन बनायो । नामिबियाकी यास्मिन खानले ४५ रन बनाइन् । नेपालकी ईश्वरी विष्टले ३, रचनाकुमारी चौधरीले २ विकेट लिइन् ।

नेपालका लागि ईश्वरी विष्टले तीन, रचनाकुमारी चौधरीले दुई तथा रिया शर्मा र इन्दु बर्माले समान एकरएक विकेट लिए । नेपालले अर्को खेल भोलि युगान्डासँग खेल्ने तालिका छ । 

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif