शुक्रबार, २ फाल्गुन, २०८१

नेपाली पुरुष तथा महिला टोली खो खो विश्वकपको फाइनलमा

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ५ माघ, २०८१

नेपाली पुरुष तथा  महिला  टोली  खो खो विश्वकपको फाइनलमा

काठमाडौँ । नेपाली पुरुष तथा  महिला  टोली  खो खो विश्वकपको फाइनलमा पुगेका छन् । सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै नेपाली महिला टोली फाइनलमा प्रवेश गरेको हाे ।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको सेमिफाइलनमा नेपाली महिला टोलीले युगान्डालाई ८९-१८ अङ्कले पराजित गरेर फाइनल तर्फको यात्रा तय गरेको हो । नेपालले उपाधिका लागि दोस्रो सेमिफाइनल भारत र दक्षिण अफ्रिकाबीचको विजेतासँग खेल्नेछ । यसअघि नेपाल समूह विजेता बन्दै सेमिफाइलनमा पुगेको थियो ।

त्यस्तै नेपाली पुरुष टोली पनि खो खो विश्वकपको फाइनलमा प्रवेश गरेको छ । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा भएको सेमिफाइनलमा इरानलाई ७२-२० ले हराउँदै नेपाली पुरुष टोली पनि फाइलनमा पुगेको हो ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif