मंगलवार, १८ चैत्र, २०८१

पिएम कपमा आर्मीलाई ३ विकेटले पराजित गर्दै मधेश प्रदेश विजयी

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ५ चैत्र, २०८१

पिएम कपमा आर्मीलाई ३ विकेटले पराजित गर्दै मधेश प्रदेश  विजयी

६ चैत्र २०८१, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विरुद्ध ३ विकेटले पराजित गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै जित्‍न सफल भएको हो ।

आर्मीले दिएको २१८ रनको लक्ष्य पछाएको मधेश प्रदेशले ४८ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।  मधेशका कप्तान अनिल शाहले ४५, रुपेश सिंहले ३८ रन बनाउन सफल भएका थिए भने आर्मीका नरेन साउदले ३ विकेट बनाए । त्‍यस्‍तै सोमपाल कामी र बसिर अहमदले २-२ विकेट लिएका थिए । 

यसअघि दाङको देउखुरी रङ्गशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनायो । आर्मीका भीम सार्कीले ८९ रन बनाए । मधेशका रुपेश सिंह, कमल गुप्ता र पवन सर्राफले २/२ विकेट लिए । प्रतियोगितामा आर्मीको यो ६ खेलमा पहिलो हार हो भने मधेशको ५ खेलमा दोस्रो जीत हो ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif