शुक्रबार, २ फाल्गुन, २०८१

रिब्दिकोट गाउँपालीका पाल्पा काठमाडौँ सम्पर्क मंचले क्रिकेट प्रतियोगिताको आयोजना गर्ने

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १७ माघ, २०८१

रिब्दिकोट गाउँपालीका पाल्पा काठमाडौँ सम्पर्क मंचले क्रिकेट प्रतियोगिताको आयोजना गर्ने

माघ १७, २०८१ ,काठमाडौँ । रिब्दिकोट गाउँपालीका पाल्पा काठमाडौँ सम्पर्क मंचले यही माघ १९ गते शनिबार WRI T10 लिग २०२५ इन्डोर क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । उक्त प्रतियोगिताको ट्रफी अनावरण कार्यक्रममा मंचका अध्यक्ष तथा प्रतियोगिताका संयोजक कमल पाण्डेले प्रतियोगिता आयोजना गर्ने बताउदै उक्त प्रतियोगितामा पाल्पा जिल्लाका सबै पालिकाहरुलाई सहभागी हुन आवहान गरे ।

प्रतियोगिताको ट्रफी अनावरण कार्यक्रमका प्रमुख अतिथि राज्यका नीति निर्देशक सिद्धान्त ,नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिका सभापति तथा पाल्पा क्षेत्र न २ का संघिय सांसद ठाकुर प्रसाद गैरेले ट्रफी अनावरण गर्दै  नेपालमा क्रिकेट खेलको विकास हुदै गैरहेको तथा भर्खर मात्र नेपालले सम्पन्न गरेको एनपीएल आयोजनाले नेपालको क्रिकेट विश्वभर चिनाउन सफल भएको बताएका छन् । साथै यस्ता प्रतियोगिता हरुले दलमा रहेका युवाहरुलाई अझ उत्साह बढाउने हुदा सबै पालिका सम्पर्कमंच हरुले एक भन्दा अर्को राम्रो कार्यक्रमहरु गर्दै जानु पर्ने बताएका छन्।

प्रतियोगिताको ट्रफी अनावरण कार्यक्रममा नेकपा एमाले सम्पर्क कमिटिका सह संयोजक थानेश्वर बस्याल,पाल्पा क्षेत्र न १ का संघिय सांसद नारायण प्रसाद आचार्य ,लुम्बिनी सम्पर्क कमिटिका अध्यक्ष श्री प्रसाद पाण्डे ,नेकपा एमाले सम्पर्क कमिटिका सदस्य तथा ल्पा काठमाडौँ सम्पर्क मंचका इन्चार्ज रामहरी शाही ,पाल्पा काठमाडौँ सम्पर्क मंचका अध्यक्ष लक्ष्मण अधिकारि लगायतले खेलको आयोजनाले सबैलाई उत्साह बढेको बताएका थिए।

पाल्पा काठमाडौँ सम्पर्क मंचका सहसचिब कृष्ण प्रसाद पाण्डेले संचालन गरेको उक्त ट्रफी अनावरण कार्यक्रममा शनिवार हुने क्रिकेट प्रतियोगिताका खेलाडीहरु लागायत पाल्पा जिल्लाका नेतृत्व तहमा रहेका सबै नेताहरुको उपस्थित रहेको थियो । खेल प्रतियोगिता हात्तीवन स्थित  ग्रेट हिमालयन क्रिकेट एकाडेमी मा आउदो शनिवार बिहान ८ बजे शुरु हुने बताइएको छ। 

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif