राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ११ श्रावण, २०८१
काठमाडौँ, साउन ११ । गौशाला-२६ ले सन्दीप लामिछानेविरुद्ध मुद्धा अगाडी नबढाउन निवेदन दिएकी छन् । गौशाला-२६ ले सरकारी वकिलको कार्यालयमा आफैले निवेदन लेखेर सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन निवेदन दिएकी हुन् ।
गौशाला–२६ ले आफूलाई मानसिक रुपमा अप्ठ्यारो परेको भन्दै अब यस मुद्धामा लागिरहन नसक्ने निष्कर्षमा पुगेको निवेदनमा उल्लेख गरेकी छन्।
गौशाला–२६ ले आफूलाई मानसिक रुपमा अप्ठ्यारो परेको भन्दै अब यस मुद्धामा लागिरहन नसक्ने निष्कर्षमा पुगेको निवेदनमा उल्लेख गरेकी छन्।
उनले आफूलाई अहिले पनि धम्की आइरहेको र सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी भइरहेकोले त्यसले मानसिक रुपमा असर गरिरहेको निवेदनमा उल्लेख गरेको सरकारी वकिलको कार्यालय स्रोतले बताएको छ।
सन्दीपविरुद्धको मुद्धामा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको आदेशलाई उल्ट्याउँदै निर्दोष रहेको फैसला दिएको थियो। उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले सन्दीपलाई सफाई दिएको थियो।
यसअघि जिल्ला अदालत काठमाडौंले सन्दीपलाई गत पुस २५ मा जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद र ५ लाख जरिवाना सुनाएको थियो।