बिहीबार, १ आश्विन, २०८३

टियु क्रिकेट मैदानमा नेपाल र बंगलादेशबीचटी-२० सिरिज हुने

राष्ट्रिय सन्‍देश संबाददाता, १६ घण्टा पहिले

टियु क्रिकेट मैदानमा  नेपाल र बंगलादेशबीचटी-२० सिरिज हुने

 २०८३ भदौ ३१ काठमाडौं । नेपाल र बंगलादेशबीच पहिलो पटक ऐतिहासिक द्विपक्षीय टी-२० अन्तर्राष्ट्रिय (T20I) क्रिकेट शृंखला आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)को सहमति अनुसार मार्च अन्तिम साता (चैत १२, १४ र १६ गते) काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ३ वटा टी-२० खेल सञ्चालन गरिनेछ ।

यो शृंखला हालै नेपालमा गएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएका मृतकहरूप्रति समर्पित गरिने क्यानले जनाएको छ । खेलका माध्यमबाट विपद्का पीडित परिवारहरूप्रति ऐक्यबद्धता प्रकट गर्दै नेपाल र बंगलादेशबीचको जनस्तरको बलियो सम्बन्ध, करुणा तथा भ्रातृत्वको सन्देश प्रवाह गर्ने लक्ष्य लिइएको छ ।

टेस्ट राष्ट्र बंगलादेशसँगको यो खेलले नेपाली क्रिकेटको विकाससँगै दुई छिमेकी मुलुकबीचको कूटनीतिक र खेलकुद सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ । 

advertisement_1680627706.gif