राष्ट्रिय सन्देश संबाददाता, ९ घण्टा पहिले
२०८३ असोज ०९ काठमाडौँ I राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेर जात्रा अवलोकन गरेका छन् । पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेर जात्राको अवलोकन गरेका हुन् ।
राष्ट्रपति पौडेलसँगै, उपराष्ट्रपति कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्ले लगायत विशिष्ट अतिथीले पनि जात्राको अवलोकन गरेका छन् । राष्ट्रपतिसहित उच्च पदस्थलाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले स्वागत गरिन् ।
राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्ले, प्रधानन्यायाधीश मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, मन्त्रीहरू, सांसदहरू, प्रदेशसभा सदस्यहरू, काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल तथा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरूले जात्रा अवलोकन गरेका छन् ।
.png)



