राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १ जेष्ठ, २०८२
३१ बैशाख २०८२, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पोषराज पाण्डे नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त स्थानमा उनलाई नियुक्ती गर्ने निर्णय गरेको हो ।
यसअघि गठित समितिमा अर्थविद्का रुपमा सदस्य नियुक्त भएका विश्व पौडेलले राजीनामा दिएपछि उक्त स्थान रिक्त थियो । समितिको संयोजकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल रहेका छन् ।
निर्वतमान गभर्नर महाप्रसाद अधिकारी पनि समितिका सदस्य हुन् ।