सोमबार, ४ जेष्ठ, २०८३

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

राष्ट्रिय सन्‍देश संबाददाता, २२ घण्टा पहिले

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

२०८३ जेष्ठ ०३, काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ । यसअघि गत शुक्रबार सुन बजारमा प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै बहुमूल्य धातु चाँदीको मूल्य पनि आज उल्लेख्य रूपमा ओरालो लागेको छ । चाँदीको मूल्य तोलामा ३३० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँमा झरेको छ ।

गत शुक्रबार चाँदी प्रतितोला ५ हजार ३९० रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ ।

advertisement_1676551694.gif