राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ३० कार्तिक, २०८१
काठमाडौं, कार्तिक ३० । नेपालमा उत्पादित बिजुली भारतपछि आजदेखि बंगलादेशतर्फ निर्यात सुरु भएको छ ।
आज शुक्रबार नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुलकबीर खानले भर्चुअल प्रविधिमार्फत संयुक्त रुपमा स्वीच थिचेर विद्युत् निर्यातको सुभारम्भ गरेका हुन ।
नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बंगलादेशसम्म पुगेको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर-मुजफ्फरपुर चार सय केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ।
त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत भारत-बंगलादेशबीचको बहरामपुर (भारत)-भेरमारा (बंगलादेश) चार सय केभी प्रसारण लाइनमार्फत बंगलादेश विद्युत् पुग्नेछ। नेपालबाट भारत हुँदै बंगलादेशतर्फ विद्युत् निर्यात आज मध्यान्ह १२ः३० बजेदेखि सुरु भएको हो ।
भारतीय ग्रीडको प्रयोग गरी नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गरिएको हो । उद्घाटनसँगै विद्युत आज रातिदेखि बंगलादेश निर्यात हुनेछ । भारतको केन्द्रीय विद्युत् नियमन आयोग ९सीईआरसी० अनुमति दिएपछि नेपालबाट बंगलादेशमा विद्युत् निर्यात सुरु गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ । यससँगै नेपाल( बंगलादेशबीच विद्युत व्यापार औपचारिक रुपमा सुरुवात भएको छ ।