राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ९ पुष, २०८१
पुस ९, २०८१ ,काठमाडौँ। सेयर बजारको मापन गर्ने नेप्से परिसूचक १४ दशमलव ११ अंकले बढेर २ हजार ६ सय २६ दशमलव ३१ बिन्दुमा पुगेको छ ।
अघिल्लो दिन झण्डै २९ अंकले बढेको बजारले मंगलबार पनि उकालो लाग्ने क्रम जारी राखेको थियो । कारोबार भएका कम्पनीमध्ये १६८ वटाको सेयर मूल्य बढेको छ भने ७० वटा घटेको छ भने ६ वटाको शेयरमूल्य यथावत रहेको छ । सोमबारको रु ४ अर्ब ४३ करोडको तुलनामा रु ५ अर्ब २० करोडको कारोबार भएकोमा ६४ हजार ९१७ कारोवारमा कुल १२ करोड ७४ लाख ६० हजार कित्ता सेयर साटिएको छ ।
सक्रिय रहेका १३ उपसमूहहरूमध्ये उत्पादन र प्रशोधन र व्यापार बाहेक सबै क्षेत्रले नाफा देखेका छन्, जसले गर्दा समग्र नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ ।